दफा १७
मालपोत बुझाउने म्याद बढाउन सकिने
  (१) दफा ११ मा जुनसुकै कुरा लेखिएको भए तापनि सो दफामा तोकिएको म्यादभित्र कुनै वर्ष कुनै जिल्ला वा जिल्लाका कुनै क्षेत्र वा कुनै व्यक्तिको मालपोत बुझाउन नसक्ने परिस्थिति छ भन्ने कुरा लागेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मालपोत बुझाउने म्याद बढाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम म्याद थप भएकोमा सो थप भएको जिल्लाको कुनै क्षेत्रमा सो थप म्याद भुक्तान भएपछि मात्र दफा १३, १४, १५ र १६ बमोजिमको कारवाई गरिनेछ र त्यस्तोमा जति दिनको म्याद थप भएको छ त्यति दिन सो दफाहरुमा विभिन्न काम कारवाई गर्ने भनी उल्लेख भएको म्यादहरुमा समेत सोही बमोजिम थप गरी म्याद कायम गरिनेछ ।